शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार प्रदेश लुम्बिनी प्रदेश

सिन्धुलीका हायु परिवार पोखराबाट फर्किए, वडाध्यक्षकै घरमा बस्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
सिन्धुलीका हायु परिवार पोखराबाट फर्किए, वडाध्यक्षकै घरमा बस्ने
फाइल तस्विर ।
कास्की, साउन १९ :

सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ का हायु परिवार वडाध्यक्ष रविन श्रेष्ठकै घरमा बस्ने सर्तमा पोखराबाट फर्किएका छन्।

बिरामी हुने भन्दै पहिलेकै घरमा बस्न अस्वीकार गरेपछि वडाध्यक्षले आफ्नै घरमा राख्ने, नयाँ घर बनाउन जग्गा खोज्ने र सहयोग जुटाउने सहमतिसहित १९ जनाको परिवारलाई सोमबार फर्काइएको हो।

गाउँमा असुविधा, स्वास्थ्य उपचारको कठिनाइ र ऋणले थिचिएको जनाउँदै हायु परिवार साउन ८ गते राति पोखरा पुगेको थियो। उनीहरू सुरुमा होटल र गगनगौँडाको दुई घरमा बस्दै आएका थिए। प्रहरीको पहलमा भेटिएपछि वडाध्यक्ष श्रेष्ठले व्यक्तिगत पहलमा सोमबार बिहान पोखरा पुगेर सार्वजनिक र निजी सवारीमार्फत गाउँ फर्काएका हुन्।

परिवारको साढे ८ लाख रुपैयाँ ऋण तिर्न वडाले समन्वय गरी सहयोग गर्ने जनाएको छ। गाउँपालिकाबाट उनीहरूलाई मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँ दिइँदै आएको छ।

वडाध्यक्ष श्रेष्ठका अनुसार हायु परिवार तत्काल सुँगुरेमा रहेको आफ्नै पुरानो घरमा बस्नेछन् र पछि नयाँ घरमा स्थानान्तरण गरिनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार