शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार विदेश

रोकिराखेको ट्रकसँग कार ठोकिँदा ११ जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
रोकिराखेको ट्रकसँग कार ठोकिँदा ११ जनाको मृत्यु
राजस्थान, साउन २८ :

भारतीय प्रान्त राजस्थानको दौसामा बुधबार बिहान मन्दिर दर्शन गरेर फर्किरहेकाहरू चढेको कार रोकिराखेको पिकअप ट्रकसँग ठोकिँदा ११ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार खाटुश्याम मन्दिरको दर्शन गरेर फर्किरहेका भक्तजनको कार पार्किङमा रहेको पिकअप ट्रकसँग ठोकिएको हो ।

बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा सात बालबालिका र चार महिला छन् ।

दुर्घटनाबारे प्रहरी अधीक्षक सागर राणाले भने, ‘खाटुश्याम मन्दिरबाट आएका भक्तजन चढेको कार दुर्घटना भएको छ । अहिलेसम्म ११ जनाको मृत्यु भएको खबर आएको छ ।’

रविप्रकाश शर्मा, प्रहरी उपअधीक्षक ।

प्रहरी उपअधीक्षक रविप्रकाश शर्माका अनुसार दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र एक महिलाको एसएमएस अस्पताल पुगेपछि मृत्यु भएको खबर बीबीसीमा छ ।
-भारतीय सञ्चारमाध्यमको सहयोगमा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार