ललितपुर, भदौ २२ :
नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ बलात्कारको मुद्दामा कारागार चलान भएका छन् । पूर्वपत्नीको उजुरीमा पक्राउ परेका गुरुङलाई ललितपुर जिल्ला अदातलका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् । उनविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो ।इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए । इन्स्पेक्टर गुरुङले भने सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावित क्षेत्रमा सक्रिय
बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
चुमनुब्रीका ३५ घर बगे, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति