बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन #हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन
समाचार

भोटेकोसी बाढीमा परी सम्पर्कविहीन भएका ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीमा परी सम्पर्कविहीन भएका ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?
काठमाडौं, भदौ १२ :

भोटेकोसी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो ।

वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्दार गरिएको छ ।

यस्तै, देशको नाम नखुलेका तीन जनाको समेत उद्दार गरिएको छ । निमित्त सिईओ ऐरले अन्य हराएका पर्यटकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिए। यसबाहेक ट्रेकिङ कम्पनी, गाईड र सुरक्षा निकायले प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि प्रयास गरिरहेका छन् ।

पर्यटन बोर्डले हराइरहेका व्यक्तिको विवरण सङ्कलन र प्रमाणीकरणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको र सूचनाहरू अध्यावधिक गरिरहेको जनाएको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार