बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

लुटपाटमा संलग्न माझीलाई गोली प्रहार गरी पक्राउ, डाँकाचोरीका २७ मुद्दा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ घण्टा अगाडि प्रकाशित
लुटपाटमा संलग्न माझीलाई गोली प्रहार गरी पक्राउ, डाँकाचोरीका २७ मुद्दा
काठमाडौं, असोज २२ :

प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना खोस्ने तथा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समूहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण गाउँपालिका–५ घर भएका  वर्ष २४ को आयन माझीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोली माथि नै धारिलो हतियार प्रहारको प्रयास गरी भाग्न खोज्दा २ राउण्ड हवाई फायर तथा घुडा मुनी १ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै लुटपाटमा संलग्न माझी समूहका अन्य व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा जिल्ला भक्तपुर ठिमी नगरपालिका ४ बाट घटनामा संलग्न थप २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । 

आयन माझीबिरुद्ध विभिन्न प्रहरी कार्यालयमा डाँकाचोरी मुद्धामा २७ वटा मुद्धामा प्रतिवादी समेत देखिएको घिमिरेले बताए । माझी समुहले अपराधिक गतिविधि घटाउने क्रममा प्रयोग गर्नका लागी काठमाडौंका विभिन्न स्थानहरुबाट १५ वटा भन्दा बढी मोटर साइकलहरु चोरी गरेको अनुसन्धानवाट खुल्न आएको घिमिरेले जानकारी दिए ।

माझी समुहका सक्रिय अपराधीहरुको स्वयम्भु, बौद्ध लगायतका स्थानमा भएको लुटपाट र सिक्री लुटपाटमा प्रत्यक्ष रुपमा संलग्न रहेको अनुसन्धानबाट देखिएका प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार