बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार #भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार
समाचार

नेपाल रेडक्रस सोसाइटीले भोटेकोसी बाढी प्रभावित परिवारका लागि दुई हजार घर निर्माण गर्ने

दसैँलगत्तै आवास निर्माण प्रक्रिया अघि बढाउँछौं : भण्डारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
नेपाल रेडक्रस सोसाइटीले भोटेकोसी बाढी प्रभावित परिवारका लागि दुई हजार घर निर्माण गर्ने
काठमाडौं, असोज २९ :

नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोसी बाढी प्रभावित परिवारका लागि दुई हजार घर निर्माण गरिदिने भएको छ। बिहीबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग भएको सम्झौता अनुसार  रेडक्रसले एक हजार अस्थायी र एक हजार स्थायी घर निर्माण गर्नेछ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले दसैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास  निर्माण प्रक्रिया अघि बढाइने बताए। घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई तत्काल भाडा सहायता उपलब्ध गराउने पनि सहमति भएको छ। 

उक्त सम्झौतामा भवन विभाग र रेडक्रसका प्रतिप्रनिधिहरुले हस्ताक्षर गरेका छन्। गत भदौ १० गतेको विनाशकारी बाढीले अपूरणीय जनधनको क्षति पुर्याएको छ । अझै ५ हजारभन्दा बढी मानिसहरु हराइरहेका छन् । बाढीले बगाएरको शव पनि चिन्न सक्ने अवस्था नभएपछि सुरक्षित तवरले जमिनमुनि व्यवस्थापन गरिएको छ । सबै शवको डीएनए परीक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार