
लस एन्जलसमा लागेको आगलागीमा हजारौं घर खरानी भएका छन् । तस्बिर : रोयटर्स
अमेरिकाको लस एन्जलस काउन्टीको चिकित्सा परीक्षक (मेडिकल एक्जामिनर) का अनुसार आगलागीमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ ।
शुक्रबार दिउँसो (अमेरिकी समय) जारी गरिएको अपडेटमा चिकित्सा परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य ६ जना इटन आगलागीमा मृत्यु भएको बताएका छन् ।
मृतकमध्ये अहिलेसम्म तीन जनाको मात्र पहिचान खुलेको छ ।
लस एन्जलसका पाँच क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न अग्निनियन्त्रकहरूले अथक प्रयास गरिरहेका छन् ।
पालिसेड्समा आगो सबैभन्दा धेरै फैलिएको छ । यहाँको २० हजार एकडभन्दा बढी जमिन डढेलोबाट प्रभावित भएको छ । यहाँ अहिलेसम्म आठ प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ ।
इटनमा लागेको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ । यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ ।
लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आइसकेको छ । यहाँ आगलागीबाट करिब ४०० एकड जमिन प्रभावित भएको छ ।
हर्स्टमा ७७१ एकड जमिन जलेको छ । यहाँको आगो ३७ प्रतिशत नियन्त्रणमा आइसकेको छ ।
यसैबीच, केनेथमा एक हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको आगो फैलिनबाट रोकिएको छ । यहाँ अहिलेसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ । -बीबीसी
यो पनि…
लस एन्जलस : डढेलोबाट ध्वस्त सहरका हजारौं घर बिजुलीविहीन
अमेरिकाको लस एन्जलसमा फैलियो डढेलो [तस्बिरमा]
लस एन्जलसमा फैलिएको डढेलोमा अहिलेसम्म ५ जनाको मृत्यु, आगो १० हजार एकडमा फैलियो
डढेलोको चपेटामा हलिउड हिल्स
तीनतिरको डढेलोले उग्र रुप लियो (तस्बिरसहित)
तस्बिरमा अमेरिकाको लस एन्जलसमा लागेको डढेलो
अमेरिकाको लस एन्जलसमा भीषण वन डढेलो, आपतकालीन अवस्थाको घोषणा
