शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार

विपिन जोशी रिहाइको पहल गरिदिन इजरायली राजदूतलाई सभामुखको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
विपिन जोशी रिहाइको पहल गरिदिन इजरायली राजदूतलाई सभामुखको आग्रह
काठमाडौं, माघ २१ :

सभामुख देवराज घिमिरे र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच आइतबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा हमासको नियन्त्रणमा रहेको भनिका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान-प्रदानलगायतका विषयमा कुराकानी सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले इजरायली राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल-इजरायल सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराए ।

‘महामहिममार्फत विपिनलाई पहिलो प्राथमिकतामा राखेर रिहाइ गर्न वा स्थितिबारे सार्वजनिक गर्न ध्यानाकर्षण गराउँदछु,’ सभामुखले भने ।

सभामुखले नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्ध मित्रता, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै इजरायलले नेपाललाई छात्रवृत्ति, कृषि, श्रम र सुरक्षाका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

नेपाल र इजरायलबीचको कृषि तथा श्रम क्षेत्रमा सहकार्यबारे छलफल गर्दै सभामुख घिमिरेले ‘अर्न एन्ड लर्न’ कृषि तालिम कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए । सभामुख घिमिरेले नेपाल शान्तिप्रेमी राष्ट्र भएको उल्लेख गर्दै मध्यपूर्वमा स्थिरता र शान्तिको पक्षमा नेपाल रहेको बताए ।

भेटमा राजदूत श्मुलिक आरी बासले नेपाली युवा विपिन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताए । उनले जोशीलाई रिहाइ गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिनुपर्ने धारणा पनि राखे ।

गत वर्ष अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गर्दा कृषिसम्बन्धी अध्ययन गर्दै काम गर्न गएका नेपालीमध्ये १० जनाको ज्यान गएको थियो । जोशीको अवस्था अझै अज्ञात छ ।

राजदूत बासले युद्धपछि इजरायलको जनजीवन सामान्य बन्दै गएको बताउँदै त्यहाँ अध्ययनरत विद्यार्थीलाई नेपालले फर्काउन पहल गर्नुपर्ने बताए । उनले आफ्नो मुलुक भ्रमणका लागि सभामुखलाई इजरायली समकक्षीको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार