गोरखा, भदौ ३ :
असोज १७ देखि २१ गतेसम्म गोरखाको पालुङटारमा लिगलिग महोत्सव हुने भएको छ ।
पालुङटार नगरपालिकाको ८७औँ नगर कार्यपालिकाको वैठकबाट निर्णय गरी महोत्सवको बारेमा जानकारी गराएको हो
महोत्सवको अन्तिम दिनअसोज २१ गते लिगलिगे दौडप्रतियोगिता पनि हुने नगर प्रमुख विवश चिन्तनले बताए ।
चेपेघाटदेखि लिगलिगकोटसम्म दौड प्रतियोगिता हुने छ । यो ऐतिसाहिक दौडले पालुङटारमा पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने नगरप्रमुखको विश्वास छ ।
हरेक बर्ष आयोजना गरिने यो लिगलिगे दौड हेर देशभरबाट मानिसहरु सहभागी हुने गर्छन ।