फागुन ५ :

गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ निर्णयार्थ पेस हुन सकेन ।

गृहमन्त्री रमेश लेखकले आइतबार नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्ताव गरेका थिए । प्रस्तावमाथि सांसदहरुले छलफल गरी गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए । तर गणपूरक संख्या नपुगेको भन्दै प्रस्ताव निर्णयार्थ पेस भएन ।

सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेस गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गरिन् । तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले बताए ।

सभामुख घिमिरेले भने, ‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको एकचौथाइ सदस्य उपस्थिति हुनुपर्नेमा यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या अपुग भएको भनि माननीय श्री निशा डाँगीले प्रश्न उठाउनुभएकाले तीन मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिन्छु ।’

सभामुख घिमिरेले गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले गणपूरक संख्या नपुगेको भन्दै कार्यसूचीबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गरे । प्रतिनिधिसभाको अर्को बैठक भोलि (सोमबार) दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

यो पनि…

‘सरकारको प्राथमिकतामा पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण’
‘जलनका घटना जहिले पनि हुन सक्छन्, उपचारका लागि सुविधासम्पन्न अस्पताल बनाऔँ’
वर्षमानलाई ओलीको जवाफ : कसैको पार्टी फुटाउन अध्यादेश ल्याएका होइनौं
चालु आवको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको छ : प्रधानमन्त्री
मुलुक सामाजिक सुरक्षाको पासोमा पर्ने जोखिम छ : डीपी अर्याल
प्रतिनिधिसभा बैठकको शून्य समयमा कसले के भने ?
प्रभु साहको प्रश्नमा किन रिसाए प्रधानमन्त्री ?
विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री ओली
सुवालको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- अहिलेको कानुनअनुसार कसैलाई पनि मृत्युदण्ड दिन सकिँदैन
प्रधानमन्त्रीसँग सांसद् आलेको माग- उरै भञ्ज्याङ सडक चाँडो बनोस्
‘नागरिकता वितरणसम्बन्धीका कानुनी जटिलतालाई प्रस्तावित विधेयकले समाधान गर्छ’
प्रधानमन्त्रीले सांसद ज्वालालाई व्यंग्य गर्दा...